महाकाली नदीमा फसेका पुरुषको सशस्त्र र नेपाल प्रहरीद्वारा उद्धार

काठमाण्डु टुडे २०८३ साउन २ गते १२:२१ मा प्रकाशित

महेन्द्रनगर– सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले कञ्चनपुरको महाकाली नदी टापुमा फसेका व्यक्तिको उद्धार गरेका छन् ।

नदीमा फसेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंको सकुशल उद्धार गरिएको हो ।

उद्धारमा सशस्त्र प्रहरी बल नम्बर–३५ शैलेश्वरी गणअन्तर्गत दोधारा–चाँको देवीस्थानमा विपद् व्यवस्थापन टोली र इलाका प्रहरी कार्यालयको संयुक्त टोली परिचालन गरिएको थियो ।

शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार चौलागाईं दोधारा–चाँदनीको झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिणतर्फ महाकाली नदीको बीच भागमा फसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us