काठमाडौं-जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार पहाडी तथा तराईका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
हिमाली क्षेत्रमा भने वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली कायम रहनेछ ।
पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।