काठमाण्डु–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरुका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा वाग्लेले स्वकीय सचिवहरुको पारिश्रमिक र भत्ता समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताए ।
स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधा वृद्धिका विषयमा सरकार उदार रहेको उनको भनाइ थियो ।
फिल्ड भ्रमणबापत उपलब्ध गराइने भत्तालगायत सुविधा आवश्यक विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाइने प्रतिबद्धता जनाए ।
‘हरेक सांसदको स्वकीय सचिवको तलब वृद्धिको कुरा छ, त्यसमा हामी उदार नै बनिरहेका छौँ’, उनले भने ‘त्यस मानेमा यो जुन फिल्ड भिजिटहरूको हुँदाखेरिको भत्ताजस्ता कुराहरु छन्, त्यसलाई विधि पुर्याएर समयानुकूल बनाउनमा नकारात्मक छैनौं ।’