काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले समाजलाई झूट पत्याउने बानी परिसकेको तर्क गरेका छन ।
आज (शुक्रबार) एमाले मुख्यालय च्यासलमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रत्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
ओलीले एमालेमाथि झूटको प्रचार गरेर सबैभन्दा धेरै प्रहार भइरहेको बताए । उनले भने, ‘हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ । कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली भएको छ ।’
उनले लगभग समाज नै झूटमा रमाउन थालेको हो कि ! भन्ने आशङ्का गरेका छन् ।