काठमाण्डू, १ साउन– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर एक जना बेपत्ता भएका छन ।
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।