काठमाण्डू, १ साउन– पार्टीभित्रको आन्तरिक विवाद र अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक बस्दै छ ।
समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केहीबेरमा बैठक बस्न लागेको सो समुहका नेता मीन विश्वकर्माले जानकारी दिएका छन ।
‘आगामी रणनीतिबारे छलफल गर्न काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूको बैठक बस्दैछौँ,’ नेता विश्वकर्माले भने, ‘साउन ६ गतेका लागि तय भएको वीपी स्मृति दिवसको प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुन्छ ।’