काठमाण्डू, १ साउन– पूर्व मन्त्री एवं एमाले उपमहासचि योगेश भट्टराईले अहिले प्रदेश सरकार फेरबदल गर्न उचित नहुने बतताएका छन ।
साथै उनले कार्यकालको अन्तिम समयमा प्रदेश सरकारहरूको फेरबदल गर्ने कुरा कसले र किन गरेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कार्यकालको अन्तिम तीर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन ।
किन, कसले र केका लागि यो गरिरहेको छ ? यसको खोजीनिती हुनु पर्दछ, ‘यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ ।’
पूर्वमन्त्री समेत रहेका भट्टराईले हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जेजे टिप्पणी भएका थिए प्रदेश सरकार फेरबदल गर्ने पार्टीहरूको अहिलेको तयारी र काम/कारबाहीले त्यहीँ धारणालाई बल पुर्याइरहेको पनि बताएका छन् ।
‘यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षका साथ अघि बढ्नुपर्ने हो तर पारा उही पुरानै छ’, भट्टराईले नेतृत्वप्रति प्रश्न गरेका छन् ।