सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको प्रदर्शन

काठमाण्डु टुडे २०८३ साउन १ गते १२:३१ मा प्रकाशित

काठमाण्डू, १ साउन– ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ ले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै सरोकारवालाले आज (शुक्रबार) काठमाण्डूमा प्रदर्शन गरेका छन् ।

यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका उनीहरुले आज भने प्लेकार्डसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याइएको र सो नियमावलीका केही प्रावधान अव्यावहारिक रहेको भन्दै विरोध गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us