दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश

काठमाण्डु टुडे २०८३ साउन १ गते १२:१६ मा प्रकाशित

काठमाण्डू, १ साउन– काठमाण्डू जिल्ला अदालतले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो ।

त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटीको समेत माग गरेको छ ।जिल्ला अदालत, काठमाण्डूले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो । धितोपत्र सम्बन्धित अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us