सुदूरपश्चिममा नेकपाको बैठक जारी

काठमाण्डु टुडे २०८३ असार ३२ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ३२ असार– सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक जारी छ । संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो सत्ता समीकरण र बजेटसम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको नेकपाका एक नेताले जानकारी दिए ।

बुधबार मात्रै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । मुख्यमन्त्री शाहले चालु बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्ताव नेकपाले अस्वीकार गरेको थियो । यद्यपि दुवै पक्षका नेताबीच सत्ता समीकरणबारे अनौपचारिक छलफल भने जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us