कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

काठमाण्डु टुडे २०८३ असार ३१ गते १७:२९ मा प्रकाशित

काठमाण्डू, ३१ असार– कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य भंग गर्ने भएको छ । प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने लागीएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो ।

‘हाम्रा सातवटै प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौं,’ कांग्रेसका एक पदाधिकारीले भने । आजमात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us