स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षकको प्रश्नः के ती रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य स्तरका थिए त ?

काठमाण्डु टुडे २०८३ असार ३१ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ३१ असार– फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्सले स्पेनसँग फ्रान्स पराजित भएपछि रेफ्रीको स्तरमाथि प्रश्न उठाएका छन् ।

जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षक डेसचाम्प्सले रेफ्रीको स्तरमाथि प्रश्न उठाएका हुन् ।

उनले प्रश्न गर्दै भनेका छन, ‘म एउटा गम्भीर प्रश्न सोध्छु। के ती रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य स्तरका थिए त ?’ खेलका केही निर्णयहरू पक्षपातपूर्ण रहेको प्रशिक्षक डेसच्याम्प्सको दाबी छ ।

उनले भने, ‘मैले यो कुरा आज हामीले खेल हारेकै कारणले मात्र भनिरहेको छैन । त्यहाँ निकै धेरै परिस्थितिहरू सिर्जना भएका थिए । केही निर्णयहरू त निकै पक्षपातपूर्ण समेत थिए ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us