काठमाण्डू, ३१ असार– श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले बालेन नेतृत्वको सरकार एक्सप्रेस वे मा हिँडेको गाडी जस्तो भएको भन्दा राम्रो सुनिए पनि त्यही गाडी दुर्घटना हुँदा राम्रो नसुनिने तर्क गरेकी छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले यस्तो बताएकी हुन । उनले सरकार विधि र पद्धतिभन्दा बाहिर जान लागेकोतर्फ सङ्केत गर्दै त्यो नरोकिए दुर्घटना पर्न सक्ने पनि बताएकी छन ।
उनले भनिन्, ‘विधिको शासनको मूल आधार सबैमा लागू हुनुपर्छ । प्रधानमन्त्रीले नै नियम तोडेपछि आम नागरिकबाट नियम पालनाको आस गरेर हुँदैन, हिजो पनि माननीय खुस्वु अोली बोलिरहँदा प्रधानमन्त्रीले नियमावली उल्लङ्घन गर्नुभएको छ । व्यक्ति होइन, विधिले देश बनाउने हो ।’