प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध

काठमाण्डु टुडे २०८३ असार ३१ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, ३१ असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध जनाएका छन । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बुधबार डीपी अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद गिता गुरुङलाई बोल्न समय दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us