सरकारबारे ओलीः भुईँमा खुट्टै छैन, यस्तो उम्लिएकाहरू स्थिर हुँदैनन्

काठमाण्डु टुडे २०८३ असार २५ गते १६:५९ मा प्रकाशित

काठमाण्डू, २५ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकार देश र जनताको हित विपरीत चलेको आरोप लगाएका छन ।

आज (बिहिबार) एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले सरकार फाँसीवादी यात्रा अगाडि बढेको आरोप समेत लगाए ।

ओलीले भने, ‘पत्रकार भाइबहिनीहरूले प्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। उत्तर देखिराख्नुभएको छ । सुकुम्वासीका फोटो आफैले छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटो आफैले छापिराख्नुभएको छ ।

सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ।’ उनले अहिले खुसी हुने कतै ठाउँ नभएको बताए । उनले भने, ‘नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेर्नुपर्ने हुन्छ ।

एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन।’ उनले यस्तो उम्लिएकाहरू स्थिर नहुने समेत बताए । ओलीले थपे, ‘म भन्छु, दूध एक पाथी जाने भाँडोमा ततायो भने भरि हुन्छ, भरि भएर पोखिन्छ। तर के त्यो साँच्चै भरि भएको हो त दूधरु होइन, त्यो उम्लिएको मात्रै हो।’

उनले अहिलेको सरकारको भुईँमा खुट्टा नै नभएको टिप्पणी समेत गरेका छन । ओलीले भने, ‘अहिले यो सरकार कहाँ ठेगानमा छरु यसका खुट्टा कहाँ भुईँमा छन्रु यो उम्लिया छ ।  दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिया छ। भाँडा बाहिरसम्म पोखिएको छ उम्लेर ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us