राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास

काठमाण्डु टुडे २०८३ असार २५ गते १४:४३ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन ।

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us