रौतहटमा नहरमा महिलाको शव फेला

काठमाण्डु टुडे २०८३ असार २५ गते १३:४० मा प्रकाशित

काठमाण्डू, २५ असार– रौतहटको राजपुर नगरपालिकामा रहेको नहरमा एक महिलको शव भेटिएको छ । रौतहटको राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक परोहा नगरपालिका ५ की २४ वर्षिया मुस्कान खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त गौतमले जानकारी दिएका छन ।

आज बिहान स्थानियले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागी प्रादेशि अस्पताल गौरमा पठाएको प्रहरी नायब उपरिक्षक गौतमले जानकारी दिएका छन । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us