काठमाण्डू, २५ असार– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ गरेको छ ।
सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे । ‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं ।
उहाँहरुमाथि अनुसन्धान बढ्छ’, एसएसपी जबराले भने । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।