एमाले सांसद राईको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

काठमाण्डु टुडे २०८३ असार २४ गते १३:०३ मा प्रकाशित

 काठमाण्डू, २४ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन दिएका छन ।

आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेख बाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

बैठकमा सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोल्दा समस्या हुने गरेको स्वीकार गर्दै संसद्को विधि र थितिलाई सम्मान गर्ने बताएका छन ।

आफूहरुले लामो समय सदनमा विरोध जनाउँदा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ । उनले प्रतिपक्षले उठाएका मागहरूलाई लगातार बेवास्ता गरिए आन्दोलन जारी रहने भन्दै संवाद र सहमतिका आधारमा अघि बढ्न सुझाव समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us