रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन

काठमाण्डु टुडे २०८३ असार २२ गते १४:०१ मा प्रकाशित

काठमाण्डू, २२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति पदको निर्वाचन प्रक्रिया खुकुलो बनाएको छ । चितवनमा भएको प्रथम महाधिवेशनले अनुमोदन गरेको विधान संशोधन गरी निर्वाचन प्रक्रिया खुकुलो बनाएको हो ।

यसअघि तेस्रो संशोधन विधान २०८१ मा पार्टी सभापतिको निर्वाचनमा विजयी उम्मेदवारले कूल सदर मतको (५०%+१) को सङ्ख्यामा मत ल्याउनुपर्ने बाध्यकारी व्यवस्था थियो ।

अन्यथा, बढी मत ल्याउने बिच पुनः निर्वाचन हुने व्यवस्था थियो । तर, नयाँ विधानअनुसार पहिलो हुने निर्वाचित हुने व्यवस्था छ । विधान संशोधन मस्यौदा कार्यदलका संयोजक तथा महामन्त्री विपिन कुमार आचार्यले विधान संशोधन गरी पहिलो हुने निर्वाचित हुने व्यवस्था राखिएको जानकारी दिए ।

यसैगरी सभापति पदमा पराजित १० प्रतिशत मत ल्याउने व्यक्तिलाई स्वतः केन्द्रीय सदस्य केन्द्रीय सदस्य हुने व्यवस्थालाई यथावत राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us