विपक्षी दलका नेता आङ्देम्बेले संसदमा बोल्दा खोजे प्रधानमन्त्री

काठमाण्डु टुडे २०८३ असार २२ गते १३:४१ मा प्रकाशित

काठमाण्डू, २२ असार– प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्‍मा बोल्दा प्रधानमन्त्री बालेन्द्र शाह बालेन खोजेका छन् ।

‘संसद्‍मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले संसद्‍मा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री मुस्कुराउँदै गर्विलो आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन्,’ आङ्देम्बेले स्मरण गरे ।

उनले सोमबार प्रतिनिधिसभामा सम्बोधन गरे । त्यसक्रममा प्रधानमन्त्री बालेन उपस्थित थिएनन् । यसकारण आङ्दाम्बेले संसद्‍मा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको समेत बताए ।

विपक्षी दलका नेताले गर्ने टिप्पणी सरकारलाई मार्गनिर्देशन समेत हुने भएकाले प्रधानमन्त्री उपस्थित हुने अभ्यास रहेको उनले बताए ।

तर प्रधानमन्त्री बालेन अनुपस्थित हुन्छन् भन्ने आफूलाई पहिले नै लागेको पनि उनले बताएका छन । प्रधानमन्त्री संसद्‍मा उपस्थित हुनुपर्ने र यो सम्झाइरहने आफ्नो दायित्व रहेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us