नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाण्डु टुडे २०८३ असार २१ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, २१ असार– प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेकी प्रहरीले जनाएको छ ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले आफू प्रहरीको असई बताउँदै असईको बर्दी समेत लगाउने गरेको प्रहरीले बताएको छ ।

बर्दी लगाएको तस्वीर समेत देखाउँदै विभिन्न आश्वासन दिँदै ई–सेवा तथा मोबाइल बैंकिङ एपमा पटक पटक गरी १५ लाख ५० हजार रुपैयाँ हाल्न लगाएर ठगी गरेको अपराध अनुसनधान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।

गोंगबुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डू पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us