घट्यो सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०८३ असार २१ गते १२:३१ मा प्रकाशित

काठमाण्डू, २१ असार– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो ।

आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।

चाँदी आज तोलामा १० रुपैयाँ घटेसँगै ४ हजार ६०५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ६१५ रुपैयाँ थियो । गत आइतबार चाँदी ४ हजार ३२५ रुपैयाँ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us