चट्याङ लागेर ८ जना घाइते

काठमाण्डु टुडे २०८३ असार २० गते ८:४९ मा प्रकाशित

अछाम, २० असार- अछाममा चट्याङ लागेर आठ जना घाइते भएका छन् ।

पञ्चदेवल बिनायक नगरपालिका–८ गनिउलेमा शुक्रबार साँझ परेको चट्याङबाट उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश खनालका अनुसार घाइतेमध्ये जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्य चार जनाको अवस्था सामान्य रहेकाले उनीहरू घरमै उपचार गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us