एमाले पूर्वसांसद कोइरी जेल चलान

काठमाण्डु टुडे २०८३ असार १९ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, १९ असार– पूर्व सांसद एवं एमाले नेता लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको हो ।

अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिएका छन ।

दोस्रो मधेश आन्दोलनको बेला २०८२ मा सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

यसपछि प्रहरीले उनलाई गौशालाबाटै पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us