‘ब्लु बस’ बारे योगेश भट्टराईः रंग होइन, सडकलाई मृत्यु मार्गबाट जीवन मार्गमा रूपान्तरण गरियोस्

काठमाण्डु टुडे २०८३ असार १९ गते १३:३७ मा प्रकाशित

काठमाण्डू, १९ असार– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको रङ्गभन्दा सार्वजनिक यातायातको सेवा, व्यवस्थापन र गुणस्तरमा सुधार हुनु नै मुख्य आवश्यकता भएको बताएका छन ।

बसको रङ्ग नीलो, रातो, सेतो, कालो, खैरो वा हरियो जे भए पनि त्यो केवल बाह्य परिवर्तन मात्र भएको एमाले उपमहासचिव भट्टराईको तर्क छ ।

उनले भनेका छन्, ‘हरेक वर्ष सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेका तीन हजारभन्दा बढी नागरिकको जीवन जोगाउने, हजारौँलाई घाइते हुनबाट बचाउने तथा मानवीय र भौतिक क्षतिबाट मुलुकको अर्थतन्त्रलाई जोगाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ ।’

वास्तविक परिवर्तन सार्वजनिक यातायात प्रणालीको सेवा, व्यवस्थापन र गुणस्तरमा देखिनुपर्ने बताए । सडक यातायातमा लाग्ने लामो समय र बढ्दो खर्च कम गर्न, सडकलाई मृत्यु मार्गबाट जीवन मार्गमा रूपान्तरण गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us