रोनाल्डोले विश्वकपछि सन्यास लिने

काठमाण्डु टुडे २०८३ असार १९ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, १९ असार– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आज (शुक्रबार) विहान फिफा विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे ।

रोनाल्डोको पेनाल्टी गोल र गोन्कालो रामोसको इन्जुरी टाइम गोलमा क्रोएसियालाई २१ ले हराएर पोर्चुगल अन्तिम १६ मा पुगेको छ र उपाधिको सम्भावना समेत कायमै राखेको छ ।

रोनाल्डोले उत्तर अमेरिकामा जारी विश्वकपमा यात्रा लम्ब्याउँदा नयाँ खबर समेत बाहिरिएको छ । रोनाल्डोले यस विश्वकप पछि सन्यास लिनेछन् । रोनाल्डोकी दिदी कातिया अभेइरोका अनुसार फिफा विश्वकप २०२६ सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् ।

पोर्चुगलले क्रोएसियामाथि अन्तिम समयमा जित हासिल गर्दा रोनाल्डोको परिवार स्रोतबाट यो खबर बाहिर आएको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट विश्वकपमा डेब्यु गरेका रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेलिरहेका छन् र दुई दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा जमिरहेका छन् । रोनाल्डोकै परिवारबाट सन्यासको खबर सार्वजनिक भएपछि यो सत्य हुन सक्ने अनुमान धेरैको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us