विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डु टुडे २०८३ असार १९ गते १२:५७ मा प्रकाशित

 काठमाण्डू, १९ असार– सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेल पत्नी दोमायाको रिट खारेजीको फैसला गरेको हो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पौडेल सुर्खेतबाट गत असार ८ मा पक्राउ परेका थिए । विशेष अदालतले आज तेस्रो पटक पौडेलको ६ दिन म्याद थप गरेको छ ।

आफ्ना पति पौडेललाई प्रतिशोध साँधेर गैरकानुनी थुनामा राखेको भन्दै पत्नीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us