कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८३ असार १९ गते १२:४८ मा प्रकाशित

 काठमाण्डू, १९ असार– चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार उनकै कार्यकक्षमा आक्रमण भएको छ ।

कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएको छ ।

दुवै जनालाई चितवन ल्याइँदै छ । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आज बिहान केही व्यक्तिले कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा आक्रमण गरेको बताएका छन ।

घाइते बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार घटनापछि कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै काम बन्द गरेका थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us