हिसान महासचिव प्रहरी हिरासतमा

काठमाण्डु टुडे २०७१ असोज २६ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, २६ असोज – उच्चमाध्यमिक विद्यालय संघ हिसान महासचिव युवराज शर्मालाई लेनदेनसम्बन्धी कारोबारको विवादमा महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले हिरासतमा लिएको छ । शर्मा मध्यबानेश्वरस्थित हृवाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक पनि रहेका छन् ।

मीनभवनस्थित हृवाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार केही पूर्वसञ्चालकले पाउनुपर्ने रकम नपाएको भन्ने उजुरीक दिएपछि प्रहरीले उनलाई बाफलस्थित निबासबाट हिरासतमा लिएको हो । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले शर्मालाई सोधपुछका क्रममा ल्याइएको र उजुरीकर्ता पक्षसँग छलफल गरी थप कारबाही अघि बढाइने जानकारी दिए ।

हिसानका उपाध्यक्ष रमेश सिलवालले लेनदेनका विवादमा सोधपुछका लागि शर्मालाई हनुमानढोकमा लगिएको तर, विवाद मिलाउन उजुरीकर्ता उपस्थित नभएको बताए ।
पीडित पक्षका पूर्वसञ्चालक रघुराम विष्टले आफूहरूले शर्माबाट पाउनुपर्ने पाँच करोड बक्यौता रहेको जिकिर गरेका छन् ।

विवादका विषयमा उच्चमाध्यमिक शिक्षा परिषद्ले विद्यमान कानुनमा कलेज ९उमावि० लाई खरिद विक्री गर्न नमिल्ने भएकाले त्यस्तो कार्य नगर्न दुवै कलेजलाई ध्यानाकर्षण गराई सम्पत्तिसम्बन्धी विषयमा थप छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कागजात पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us