भतिजीलाई जवरजस्ती करणी गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २६ गते ११:५६ मा प्रकाशित

मोरङ, २६ असोज – भतिजीलाई जवरजस्ती करणी गरेको अभियोगमा काकालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केरावारी–६ का २१ बर्षीय शम्भु विक हुन् ।

विकले आइतबार बिहान घरमा कोही नभएको अवस्थामा ६ बर्षीया भतिजीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।

सो घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पिडित बालिकालाई उपचारको लागि स्थानीय मेडिकलमा पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us