काठमाण्डु, २६ असोज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सञ्चारकर्मीलाई घरमा आनन्दसँग सुत्न आग्रह गरेका छन् ।
नेता नेपालले प्रमुख तीन दलको बैठकमा समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई तीन दिनसम्म घर गएर सुत्न सुझाएका हुन् ।
सिंहदरवारमा बसेको कांग्रेस, एमाले र एमाओवादीबीचको संविधानका विवादित विषयमा सहमति खोज्ने बैठकबाट बाहिरिने क्रममा नेता नेपाललाई संघीयता र शासकीय स्वरुपका बारेमा सहमति भयो भन्ने प्रश्न उनले तीन दिन घरमा सुत्न आग्रह गरेका हुन् ।
‘केही भएको छैन, कुराकानी भयो,’ उनले थपे, ‘तपाईंहरु तीन दिनसम्म घर गएर सुत्नुस् ।’ त्यस लगतै बाहिरिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कुनै प्रतिक्रिया जनाएनन् ।
आइतवार बिहान ८ बजेदेखि तीन दलको बैठक भएको थियो । बैठकको संयोजन गरेका संवाद समितिका संयोजक बाबुराम भट्टराईले यसअघि राति अवेरसम्म बसेर भएपनि सहमति निकाल्ने बताएका थिए ।