मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा १० जनामाथि मुद्दा

काठमाण्डु टुडे २०८३ असार १५ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, १५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै दुई गाँउपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको बताएको छ ।

मन्दिरका लागि ४५ लाख रुपैयाँ विनियोजन भएकोमा उपभोक्ताहरूले ११ लाख सात हजार रुपैयाँको काम गर्ने र कन्टेन्जेन्सी बापत २ लाख २५ हजार खर्च हुने भनिएको थियो ।

तर वास्तविक कामभन्दा २२ लाख एक हजार रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भनी अख्तियारले छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ की अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाँउपालिकाका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहरामाथि मुद्दा दायर गरेको हो । उनीहरूले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट मन्दिर बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us