एजेन्सी- फ्रान्सको उत्तरपूर्वी क्षेत्रस्थित टम्ब्लेन शहरमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार दुर्घटनामा पाँच विद्यार्थी, पाँच प्रशिक्षक र एक पाइलटको ज्यान गएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्यारासुटिस्ट प्रशिक्षणका लागि प्रयोग हुने उक्त विमान न्यान्सी–एस्सी एयरफिल्डबाट उडेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो ।
घटनापछि प्रहरीले सर्वसाधारणलाई मेउर्थ–एट–मोसेले विभागअन्तर्गत विमानस्थल आसपासको क्षेत्रमा नजान आग्रह गरेको छ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार गृहमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेका छन्।