सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा आइतबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार मृत्यु हुनेमा ३९ वर्षीया कुमारी राई रहेकी छन् ।
वर्षा र हुरीसँगै परेको चट्याङ घरको मिटर बक्स बन्द गर्ने क्रममा लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको शव आइतबार नै जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।
शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।