पैसाको लोभमा बालबालिका बेच्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २६ गते १०:५२ मा प्रकाशित

झापा, २६ असोज – पैसा कमाउने लोभमा बालबालिकालाई भारतमा लगेर बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन महिनामा ३० बालबालिकालाई भारतमा लगेर बेच्ने गिरोहकी झापा जलथल – ८ की पूजा पोखरेलले पैसाका लागि ३० जना बालबालिका भारत लगेर बेचेको स्वीकार गरेकी छन् ।

एउटै व्यक्तिले तीन महिनाको अवधिमा ३० जनालाई भारतको राजस्थान पुर्यानउनुले यसमा ठूलो गिरोह सक्रिय रहेको हुनसक्ने आशङ्का इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालको छ।

इलाका प्रहरी कार्यालय रानीको अनुसन्धानपछि कमिसन लिएर ३० बालबालिका बेचेको पोखरेलले स्वीकार गरेकी हुन्। बिक्री स्थलसम्म पुर्याचएपछि एकजना बराबर रु एक हजारदेखि रु तीन हजार पाउने गरेको उनको भनाइ छ। सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले ३० जना बालबालिकालाई भारत पुर्यौइसकेको बताइन्।

उनलले नेपालबाट लिएर गएका बालबालिकालार्ई घरायसी काममा लगाउने गरेको दाबी गरिन्। काममा लगाएपछि भारतीय घरधनीले नेपालबाट बालबालिका लिएर जाने व्यापारीलाई प्रतिव्यक्ति मासिक एक हजार दिने गरेको उनको भनाइ छ।

सप्तरी सीतापुर–८ का ३१ वर्षीया रीता खड्का, झापा जलथल–८ की २९ वर्षीया पूजा पोखरेल र सप्तरी धरमपुर–८ की पुष्कर निरौलालाई प्रहरीले पक्राउ गरिसकेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us