मासु खान गाई मार्ने प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ असोज २६ गते ८:१८ मा प्रकाशित

दाङ, २६ असोज – राष्ट्रिय जनावर गाई मार्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

cowदाङ जिल्ला प्रहरी कार्यालयले सैघा गाविस- ७ नयाँबस्तीका ४३ वर्षीय माघे पुनलाई गाई मारेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

बारीमा पसेको गाईलाई फरुवाले हानेर मारेको उनीमाथि अभियोग लागेको छ ।

पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बद्रिप्रसाद ढकालले जानकारी दिए । बयानका लागि सोमबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराउने उनले बताए ।

पुनले मासु खानका लागि गाई मारेको प्रहरीमा बयान दिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले जानकारी दिए ।

मुलुकी ऐनको चौपाया महलमा जानेरै गाई मारेको अवस्थामा १२ बर्ष जेल सजाय हुने उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us