राजु पाण्डेले पनि फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी

काठमाण्डु टुडे २०८३ असार १२ गते १२:५० मा प्रकाशित

काठमाण्डू, १२ असार– चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी दिएका राजुनाथ पाण्डे पनि पछि हटेका छन् ।

उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । पार्टी एकता र सुदृढीकरणका लागि आफूले उम्मेदारी फिर्ता लिएको पाण्डेले बताएका छन ।

अब मनिष झा, गणेश कार्की, सागर ढकाल, रञ्जु दर्शना र विपिन आचार्य मैदानमा छन् । यसअघि चारजना उम्मेदवारले विपिनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us