दाङ, २६ असोज– दाङ हलवार गाविसको विकट बस्ती खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
हलवार गाविस–६ मा एक करोड २५ लाख रुपैयाँको लागतमा आयोजना निर्माण कार्य सम्पन्न भएको हो । खानेपानी आयोजना निर्माण समिति संयोजक फत्तेबहादुर थापाले काजुरी, ब्रिटिस गोर्खा र नेपाल तल्लो दीप पोखराको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको जानकारी दिए ।
थापाका अनुसार खोल्साको पानी संकलन गरी करिब ६ किलोमिटरमाथि बस्तीमा पुर्यासइएको छ । ५२ घरधुरीका लागि छ वटा धारा सञ्चालन गरिएको छ । धारामा पानी आउन थालेपछि स्थानीय खुसी भएका छन् ।