सन्तान नभएपछि झारफुक गर्न गएकी महिलालाई बलात्कार

काठमाण्डु टुडे २०७१ असोज २६ गते २:१४ मा प्रकाशित

विराटनगर, २६ असोज–  विवाह गरेको ५ वर्षसम्म सन्तान नभएपछि झारफुक गर्न गएकी एक महिला धामीबाट बलात्कृत भएकी छन् ।
उनलाई मोरङ डाँगीहाट– ४ का धामी धनबहादुर श्रेष्ठले बलात्कार गरेका हुन् । बलात्कारको अभियोगमा धामी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ ।

उनले ‘सन्तान जन्माउने तरिका’ भन्दै झुक्याएर बलात्कार गरेको आरोप पीडितको छ । श्रेष्ठमाथि उपचारका लागि आएकी महिलालाई २१ असोजमा नसालु पदार्थ खुवाएर बेहोस बनार्इ बलात्कार गरेको आरोप छ ।
२३ असोजमा पक्राउ परेका उनीविरुद्ध जर्वजस्ती करणी उद्योगमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us