काठमाण्डू, ७ असार– कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन ।
रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको गगनको स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिएका छन ।
विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उदघाटन हुँदैछ ।