जिप दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २५ गते १२:१७ मा प्रकाशित

गुल्मी, २५ असोज– गुल्मीको जोहाङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
जिल्लाको आरूङगाबाट जुनिया जाँदै गरेको लु १ च ५७६७ नम्बरको जिप जोहाङ–६ मगरगाउँमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

मृतककको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा निरीक्षक महेन्द्र नेपालले बताए । दुर्घटनामा अरू २ जना घाइते भएका छन् । २० जना यात्रु सवार जिप सडकबाट करिब २६ मिटर तल खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us