बुटवल, २५ असोज– उद्योगमन्त्री महेश बस्नेतले परियोजना निर्माणको लाइसेन्स लिएर काम नगर्ने कम्पनीमाथि कारबाही हुने बताएका छन् ।
विभिन्न खानीसम्बन्धी काम गर्न सरकारसँग अनुमति लिएर काम नगर्ने कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
होल्डमा राख्ने दुई अन्तर्राष्ट्रिय कम्पनीको अनुमति पत्र खारेजी प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । रुपन्देही उद्योग संघको साधारणसभामा बोल्दै बस्नेतले पहिलो चरणमा अन्तर्राष्ट्रिय कम्पनीको अनुमतिपत्र खारेज गरिने बताए ।
उनले जलविद्युत आयोजनाको लाइसेन्स लिएर बसेका कम्पनीलाई पनि तत्काल काम गर्न अन्यथा लाइसेन्स खारेज गरिने चेतावनी दिए ।