काठमाण्डु- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नेतृत्व सर्वसम्मत चयन भएको छ ।
२४ औं वार्षिक साधारण सभा तथा ८औं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चुनेको हो ।
लामो छलफलपछि कोषाध्यक्षबाहेक सबै पदमा पदाधिकारी र कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्षमा मोहन डाँगी चुनिए । इप्पानको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार डाँगी अध्यक्ष भएका हुन् । अघिल्लो कार्यकालमा उनी वरिष्ठ उपाध्यक्ष थिए ।
वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत निर्वाचित भए । प्रत्यासी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएसँगै भ्लोन सर्वसम्मत भएका हुन् ।
उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, सुशन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध निर्वाचित भए । ५ उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । भरतबहादुर खत्री र भरतप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएसँगै उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरीमहासचिवमा टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भए । महासचिव पदका उम्मेदवार प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिए ।
सचिव पदमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई चयन चुनिए । कृष्णप्रसाद घिमिरे र दीपक पौडेल सचिव मनोनित भए ।
कोषाध्यक्षमा भने शंकर बस्याल र मिथुन पौडेलबीच चुनावी प्रतिस्पर्धा भयो । बस्यालले २ सय ६७ र पौडेलले ८२ मत प्राप्त गरे ।
कार्यसमिति सदस्यमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश शिवाकोटी सर्वसम्मत चयन भएका छन् ।
सदस्य पदका आकांक्षी इन्दिरा पन्त, सोमनाथ कँडेल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको हो ।
महिला सदस्यमा ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भएका छन् ।