सुस्तामा एसएसबीको प्रवेश प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा होइनः सरकारका प्रवक्ता

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्तामा भारतीय प्रहरी बल (एसएसबी) प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले गर्दा प्रवेश नगरेको तर्क गरेका छन ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार प्रवक्ता पोखरेलले यस्तो बताएका हुन । उनले सुस्तामा वर्षौँदेखि समस्या हुँदै आइरहेको पनि बताएका छन । हालै प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा भारतीय सुरक्षा बलको मनोबल बढेको होरु भन्दै सरकारका प्रवक्ता समेत रहेका पोखरेललाई सञ्चारकर्मीहरूले प्रश्न राखेका थिए ।

त्यसको जवाफमा सरकार पोखरेलले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा होइन, त्यो वर्षौँदेखि सुस्तामा त्यस्तो समस्याहरू आउँदै गरेको थियो। यसमा सबैभन्दा धेरै धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले वर्षौँदेखि, दशकौँदेखि त्यो भूमिलाई उहाँहरूले संरक्षण गर्दै आउनुभएको छ ।

यो आज मात्र भएको विषय होइन।’ उनले यो विषयमा सरकारले धेरै पटक स्पष्ट धारणा दिइसकेको बताए । उनले थपे, ‘परराष्ट्र मन्त्रालयले, कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरिनै रहेको छ ।

दुवै देशहरू यसमा टेबल टक गर्नुपर्छ भन्ने कुरामा दुवै पक्षले मानी नै सक्नुभएको छ । यसमा कूटनीतिक रूपमा, डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुरा भई नै हाल्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us