निजामतीका ट्रेड युनियनमाथिको प्रतिबन्ध सदर, अन्तरिम आदेश संवैधानिक इजलासबाट खारेज

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १७:०२ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खुल्ला गरीदिएको छ ।

प्रधान न्यायाधीश मनोज कुमार शर्माको अध्यक्षताको इजलासले आज सुनुवाइ गर्दै यसअघि अध्यादेशमार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश निरन्तर नरहने बताएका हो ।

इजलासमा न्यायाधीशहरु नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज र महेश शर्मा पौडेल सदस्य रहेका थिए । शर्मा प्रधान नयायाधीश भएपछि संवैधानिक इजलासमा बरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, हरि फुयाल र कुमार रेग्मीलाई राखिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us