दीपक भट्ट र शुलभ अग्रवालसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १६:३६ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । मुद्दामा प्रतिवादी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ ।

यस्तै, शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ। त्यसैगरी, शेखर गोल्छाविरुद्ध रु ५२ करोड ५० लाख बराबरको बिगो दाबी गरिएको छ ।

उक्त मुद्दामा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप समेत लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us