जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १४:०४ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहाका ६५ वर्षीय विपिनकुमार झा रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित जनकपुर डिजल सेन्टर पेट्रोल पम्पबाट तेल हालेर निस्किँदै गरेको जेसीबीमा झाले चलाएर महेन्द्रनगर तर्फबाट जनकपुर आउँदै गरेको बीआर ३० एक्यू ०२५६ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका झाको साइ ट्रमा अस्पताल जनकपुरमा उपचारको क्रममा बिहान ९ः३५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन ।

जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us