मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २५ गते ४:३६ मा प्रकाशित

भक्तपुर, २५ असोज– भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको ज्यान गएको छ ।
बा ५० प ३६६२ नम्बरको मोटरसाइकलले ठिमी राधेराधे अगाडि  ठक्कर दिँदा पैदलयात्री पर्सा शान्तिनगर– ८ घर भई राधेराधेमा डेरा गरी बस्ने किसान पासवानको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका पासवानको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।  ठक्कर दिने मोटरसाइकल र चालक दिपेश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us