
काठमाण्डु, २५ असोज– इबोला भाइरसको संक्रमण फेला परेपछि युरोपियन मुलुक स्पेनमा संकटकाल घोषणा गरिएको छ ।
रोगको पहिचान र नियन्त्रणमा सहजता हुने भन्दै सरकारले संकटकाल घोषणा गरेको हो । इबोला संक्रमति नाइजेरियामा उपचारमा संलग्न एक नर्समा पनि इबोला संक्रमण देखिएको र उनको उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।
यसैबीच विश्व श्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले इबोला भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार नाघेको जनाएको छ । पश्चिम अफ्रिकी मुलुक गिनी, लाइबेरिया र सिएरालियोनमा मात्र ४ हजार २४ को मृत्यु ‘डब्लूएचओ’ को तथ्याङ्ले देखाएको छ । जसमध्ये २ सयभन्दा बढी स्वास्थ्यकर्मी छन् ।
इबोलाबाट सबैभन्दा बढी लाइबेरियामा २ हजार ३ सय १६ जनाले ज्यान गुमाएका छन् । यस्तै सिएरा लियोनमा ९ सय ३०, गिनीमा ७ सय ७८, नाइजेरियामा ८ र अमेरिकामा एक जनाले ज्यान ले ज्यान गुमाएका छन् । यस्तै ८ हजार ३ सय ९९ जनालाई इबोला भाइसर संक्रमण भएको जनाइएको छ ।
राष्ट्रसंघका इबोला मामिला विशेष दूत डेविड नेबेराले हरेक देशले इबोलासँग जुध्न सक्रियता नदेखाए विश्वभर इबोला संक्रमण फैलन सक्ने चेतावनी दिएका छन् ।